चौधरीले अगस्त्यमा गरेको भूल कर्मामा सुधारेका छन् त ?

काठमाडौँ : ‘लभ डायरिज्’ जस्तो लभ स्टोरी फिल्म निर्देशन गरेका सौरभ चौधरीले दोस्रो फिल्म पुरै एक्सनमय बनाए ‘अगस्त्य’। एक्सनमा फरक स्वाद दिने प्रयास गरेका उनी कथ्य संरचनामा चुक्दा फिल्म सफल हुन सकेन।
अन्त्यमा १० मिनेट बढीको न्यारेसन राख्दा फिल्म नै चौपट भयो। रिलिज भइसकेपछि पुन सम्पादन गरेर हलमा लगाउँदा पनि दर्शकले इन्जोय गर्न सकेनन् फिल्म। समस्या कलाकारमा देखिएको थिएन यसमा। निर्देशक चौधरी नै चुकेका थिए।
पहिलो र दोस्रो फिल्म फरक जनराको निर्माण गरेका सौरभले तेस्रो फिल्म ‘कर्मा’ बनाए। यो पनि एक्सनमै आधारित। अगस्त्यमा नाजिर हुसेनलाई एक्सन अवतारमा उतारेका उनले कर्मामा विपिन कार्कीलाई एक्सन अवतारमा उतारेका छन्। मुकुन भुसाललाई भिलियन बनाएका छन्।
अगस्त्य र कर्मामा के भिन्नता छ त?
बुधवार हात्तीसारमा भेटिएका सौरभले अघिल्लो फिल्ममा देखिएका कमीकमजोरी कर्मामा सुधारेको दाबी गरे।
‘अगस्त्यमा भएको कमजोरी ‘कर्मा’मा सुधारेको छु’ उनले भने।
उनले २ घण्टा १४ मिनेट दर्शकलाई एकदमै इन्जोय गराउने र यो फिल्म आफ्नो निर्देशकको सबैभन्दा राम्रो भएको थप दाबी समेत गर्न भ्याए उनले।
हरेक निर्देशकले नयाँ फिल्म आउने बेलामा गर्ने दाबी यस्तै नै हुन्। जब हलमा फिल्म लाग्छ अनि दाबी फिस्स।
चौधरीले अगस्त्यमा गरेको भूल कर्मामा सुधारेका छन् त ? चैत २९ पछि थाहा भइहाल्छ।
चैत ६, २०८१ बुधबार १५:५९:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।