ललित र गुल्सनको आक्रामक बलिङमा ९२ रनमा समेटियो गण्डकी

ललित र गुल्सनको आक्रामक बलिङमा ९२ रनमा समेटियो गण्डकी

काठमाडौं : प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लबका बलर ललित राजवंशीले पाँच विकेट लिएपछि गण्डकी प्रदेश ९२ रनमा समेटिएको छ।

भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङमा आएको गण्डकीले २३.२ ओभरमा अलआउट हुँदै ९२ रन मात्र बनाउन सक्यो।

गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ४८ रन बनाउँदा रोहित चन्द र सुवास भण्डारीले समान १०–१० रन जोडे। पुलिसका बलरले अतिरिक्त १४ रन खर्चिए।

पुलिसको तर्फबाट बलिङ गरेका ललितले पाँच विकेट लिए भने गुल्सन झाले चार विकेट हात पारे।

जारी प्रधानमन्त्री कपमा ललित राजवंशीको लगातार चौथो खेलमा पाँच विकेट लिएका हुन् भने प्रधानमन्त्री कपमा उनको छैटौं पटक पाँच विकेट लिएका हुन्।

चैत ६, २०८१ बुधबार ११:०६:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।