सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

काठमाडौं : साताको चौथो दिन बुधबार सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ।
मंगलबारको तुलनामा बुधबार सुन तोलामा आठ सय रुपैयाँ बढ्दा चाँदी भने पाँच रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज सुन तोलाको एक लाख ७६ हजार रुपैयाँमा कारोबार भएको छ।
हिजो सुन तोलाको एक लाख ७५ हजार २ सय रुपैयाँ थियो। यो नै सुनको मूल्यमा अहिलेसम्मको सबैभन्दा बढी रकम थियो।
त्यसैगरी हिजो दुई हजार ५० रुपैयाँ रहेको चाँदी आज तोलाको दुई हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ।
चैत ६, २०८१ बुधबार १०:४३:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।