३० दिनसम्म युक्रेनी ऊर्जा प्रतिष्ठानमा आक्रमण नगर्न रुस सहमत, तर राख्यो शर्त

एजेन्सी : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ३० दिनसम्म युक्रेनी ऊर्जा प्रतिष्ठानहरूमा आक्रमण नगर्न सहमत भएका छन्।
अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँगको ९० मिनेटको टेलिफोन वार्तापछि पुटिन यसका लागि सहमत भएका हुन्।
तर यसका लागि उनले एउटा शर्त राखेका छन्। युक्रेनले रूसी ऊर्जा प्रतिष्ठानहरूमा आक्रमण नगरे मात्र आफू ३० दिनसम्म युक्रेनी ऊर्जा प्रतिष्ठानहरूमा आक्रमण नगर्न सहमत भएको उनले बताएका हुन्।
यद्यपि, युक्रेनी शहरहरू र सैन्य अड्डाहरूमा आक्रमण जारी रहन सक्ने जनाएका छन्। यसका साथै, मार्च १९ अर्थात् आज रुस र युक्रेनले १७५-१७५ सैनिक आदानप्रदान गर्नेछन्।
३० दिने युद्धविरामको दौरान युक्रेनमा सैन्य गतिविधि बन्द गर्नुपर्ने रुसको शर्त छ। यससँगै ब्ल्याक सीमा जहाजहरूको सुरक्षाको मुद्दामा छलफल सुरु हुनेछ।
चैत ६, २०८१ बुधबार ०८:२२:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।