नवनियुक्त आइजिपी थापा भन्छन् : प्रहरीको छवि लुकाउनु पर्ने छैन, सुधार्न साइत कुर्नु पर्दैन

नवनियुक्त आइजिपी थापा भन्छन् : प्रहरीको छवि लुकाउनु पर्ने छैन, सुधार्न साइत कुर्नु पर्दैन

काठमाडौं : प्रहरी महानिरीक्षक दीपक थापाले प्रहरीमा व्यापक सुधार आवश्यक रहेको बताए। उनले प्रहरीको छवि कस्तो छ भनेर लुकाएर सुधार नहुने भन्दै प्रहरीभित्र सुधार ल्याउन साइत कुरेर बस्न जरुरी नरहेको बताए।

उनले संगठन सुधारको प्रारम्भ अन्यबाट नभई आफैँबाट गर्ने र कमजोरी स्वीकार गरेर अगाडि बढ्ने बताए। उनले मुलुकमा शान्ति सुरक्षाको कार्यान्वयन र मानव अधिकारको प्रत्याभूति गर्न आफू प्रतिबद्ध रहेको समेत बताए।

सोमबार मन्त्रिपरिषद्बाट ३१ औँ प्रहरी महानिरीक्षकमा नियुक्त थापालाई मंगलबार गृह सचिवले दर्ज्यानी चिन्ह लगाइदिएका थिए। वसन्त कुँवरले ३० वर्षीय सेवा अवधिका कारण सोमबार अवकाश पाएपछि थापा नियुक्त भएका हुन्। अहिलेको कानुनी प्रबन्ध अनुसार उनको कार्यकाल ६ महिनाको छ। प्रहरी विधेयक पारित भए थप ६ महिना कार्यकाल लम्बिने छ।

चैत ५, २०८१ मंगलबार १८:०३:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।