प्रधानमन्त्री कपमा आज बागमती र गण्डकी तथा कोशी र कर्णाली भिड्दै

प्रधानमन्त्री कपमा आज बागमती र गण्डकी तथा कोशी र कर्णाली भिड्दै

काठमाडौं : प्रधानमन्त्री कप क्रिकेटमा आज आज दुई खेल हुँदैछन्।

बागमती प्रदेश र गण्डकी प्रदेशबीच सिद्धार्थनगर रंगशालामा तथा कर्णाली प्रदेश र कोशी प्रदेशबीच एक्स्ट्राटेक ओभलमा खेल हुँदैछ। दुवै खेल विहान नौ बजे हुँदैछ।

जारी प्रतियोगितामा बागमतीले ४ खेलमा एक जित र ३ हार बेहोरेको छ भने गण्डकी प्रदेशले पनि एक जित र ३ हार बेहोरेको छ।

उता कर्णाली प्रदेशले ४ खेलमा एक जित र तीन हार बेहोरेको छ भने कोशी प्रदेशले ५ खेलमा एक जित र ४ हार बेहोरेको छ।

पीएम कपमा अहिलेसम्म नेपाल पुलिस क्लब ५ खेलमा अपराजित रहदै १० अंकसहित शिर्ष स्थानमा छ भने त्रिभुवन आर्मी क्लब पनि ५ खेलमा अपराजित रहदै १० अंकका साथ नै दोस्रो स्थानमा रहेको छ।

लुम्बिनी ८ अंकका साथ तेस्रोमा रहँदा अर्को विभागीय टोली एपीएफ चौथो स्थानमा छ।

यसअघि हिजो भएको खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले हराउँदा त्रिभुवन आर्मी क्लबले एपीएफलाई तीन विकेटले पराजित गरेको थियो।

त्यसैगरी हिजै भएको अर्को खेलमा लुम्बिनी प्रदेशले मधेश प्रदेशलाई ८३ रनले हराएको थियो।

चैत ५, २०८१ मंगलबार ०८:४६:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।