चोकको नामको विषयमा विवाद, गोली लागेर एक जना घाइते

चोकको नामको विषयमा विवाद, गोली लागेर एक जना घाइते

जनकपुर : धनुषाको सबैला नगरपालिकास्थित भठिहनमा चोकको नामलाई लिएर दुई पक्षबीच सोमबार भएको झडपमा गोली लागेर एक जना घाइते भएका छन्।

दुई पक्षबीचको झडप बढ्न थालेपछि नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जना युवक घाइते भएका हुन्। घाइते हुनेमा सहिदनगर वडा नं.१ का करिब २० वर्षीय सन्तोष यादव रहेको जनाइएको छ।

घाइते यादवको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

भठिहनस्थित चोकमा एक पक्षले यादव चोक लेखिएको बोर्ड लगाएपछि अर्को पक्षले सो बोर्ड उखालेपछि तनाव उत्पन्न भएको थियो। आइतबारदेखि सो क्षेत्रमा तनाव बढेको छ।

चैत ४, २०८१ सोमबार १९:०२:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।