देउवाले भने ‘काङ्ग्रेस एक्लैले बहुमत ल्याउन सक्ने पार्टी नबनाए अरूसँग मिल्नुपर्छ’

देउवाले भने ‘काङ्ग्रेस एक्लैले बहुमत ल्याउन सक्ने पार्टी नबनाए अरूसँग मिल्नुपर्छ’

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेस एक्लैले बहुमत ल्याउन सक्ने पार्टी बन्नु पर्ने बताए।

सोमबार ललितपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले वर्तमान संविधान अनुसार कुनै पार्टीले पनि बहुमत ल्याउन नसकेको अवस्थामा काङ्ग्रेसलाई बहुमतको पार्टी बनाउन सबै लाग्नुपर्ने बताए।

‘अहिलेको संविधान अनुसार कुनै पार्टीले पनि बहुमत ल्याउन सकेको छैन। त्यस कारण कुनै पार्टीसँग मिलेर जानुपर्छ। बाध्यता र अवस्था पनि त्यस्तै छ। गाह्रो छ भनेर काम गर्न छोड्ने हुँदैन। हामी सबै मिलेर पार्टी कै बहुमत ल्याउने काममा लाग्नु पर्छ’ उनले भने।

उनले जनताप्रति उत्तरदायी हिसाबले, जनताको सुख दुखमा साथ दिने र जनताको लागि लाग्ने किसिमको संघीयता बनाउन आवश्यक भएको बताए।

‘जनताप्रति उत्तरदायी हिसाबले, जनताको सुख दुखमा साथ दिने, जनताको लागि लाग्ने किसिमको संघीयता बनाउन आवश्यक छ। यस्तो व्यवस्था तुरुन्तै हुन्छ भन्ने छैन, समय लाग्छ’ उनले भने।

चैत ४, २०८१ सोमबार १८:५८:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।