आइजिपी नियुक्तिको अजेण्डासहित मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं : नेपाल प्रहरीको प्रमुख नियुक्तिको अजेण्डासहित मन्त्रिपरिषद् बैठक सुरु भएको छ। आज सोमबार नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले अवकाश पाउँदै छन्।
सोही अजेण्डासहितका विषयमा निर्णय गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो।
दीपक थापा, सुदीप गिरी र टेकप्रसाद राईमध्ये एक जना आइजीपीमा नियुक्त हुने छन्। यी तीनमध्ये जो आइजिपीमा नियुक्त हुनेछ उसको कार्यकाल ६ महिनामात्रै रहनेछ। संसदमा पुगेको नेपाल प्रहरी सम्बन्धी विधेयक पारित भएमा थप ६ महिना कार्यकाल बढ्ने छ।
चैत ४, २०८१ सोमबार १८:३७:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।