जुम्लाका जनताको अपमान गर्ने रघुजी पन्तको अभिव्यक्ति रेकर्डबाट हटाउन सांसद सिंहको माग

जुम्लाका जनताको अपमान गर्ने रघुजी पन्तको अभिव्यक्ति रेकर्डबाट हटाउन सांसद सिंहको माग

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपकबहादुर सिंहले जुम्लाबाट निर्वाचित सांसद ज्ञानेन्द्र शाहीमाथि मर्यादाहीन तरिकाले प्रस्तुत भएका एमाले सांसद रघुजी पन्तको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका छन्।

सोमबार संसदको आकिस्मक समयमा बोल्दै सांसद सिंहले झुटो इतिहास सुनाएर जुम्लाका सांसद शाहीलाई अपशब्द बोल्दै मानहानी भएको भन्दै त्यस्ता शब्द रेकर्डबाट हटाउन माग गरे।

‘ज्ञानेन्द्र शाही कर्णालीबाट जितेर आएका सांसद हुन्। उहाँले यी गठबन्धन र लठबन्धनको भन्दा डबल भोटले जित्नुभएको हो। सदनमा मर्यादाहीन तरिकाले पेश हुनु गैरजिम्मेवारी हो। त्यो रेकर्डबाट मेटिनुपर्छ।’

आइतबारको प्रतिनिधि सभा बैठकमा एमाले सांसद रघुजी पन्तले ‘तिमी र मिस्टर’ शब्द प्रयोग गरेका थिए। उनले शाहीलाई ‘जुम्लामा हाहु गरेर आएको जस्तो हैन, मसँग बहस गर्ने भए इतिहास पढेर आउ मिस्टर’ भनेका थिए।

आजको बैठकमा सांसद् सिंहले पन्तलाई सचेत हुनको लागि सभामुखबाट रुलिङको हुनुपर्ने समेत माग गरे।

चैत ४, २०८१ सोमबार ११:५९:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।