कर्णालीमा गाई हेल्नेलाई कारबाही गर्न सांसद रानाको माग

कर्णालीमा गाई हेल्नेलाई कारबाही गर्न सांसद रानाको माग

काठमाडौं : नेपाली कांग्रेसकी सांसद् सीता कुमारी रानाले गाईलाई निर्ममतापूर्वक कुटीकुटी कर्णाली नदीमा हेल्नेहरूलाई कारबाहीको माग गरेकी छन्।

सोमबारको प्रतिनिधि सभा बैठकमा सांसद रानाले परम्पराको नामा गाईको बाँच्न पाउने अधिकारी हनन गरी जबरजस्ती नदीम हेल्नु गैरकानूनी भएको भन्दै त्यो काममा संलग्नलाई कारबाहीको माग गरेकी हुन्।

‘परम्पराको आवरणमा मानिसहरु कतिसम्म चिन भइदिन्छन्। गौदानपछि गरिएको हृद्यविदारक घटनाले जो कोहीको पनि मनमा पीडा हुन्छ,’ उनले भनिन्, ‘गाई नदी जान डराए पनि ढुंगाले हानेर जसरी पनि नदीमा हालिन्छ। ती व्यक्तिहरुमाथि कडा छानविन गर्न माग गर्दछु।’

सनातन हिन्दु धर्म अनुसार गाई मार्नु पापाको रूपमा पनि हेरिने भन्दै उनले गाईलाई खोलामा बगाएर मारेपछि मृत आत्माले शान्ति पाउँछ भन्ने कहालीलाग्दो चलनले मानवरूपी दावनको दिमागमा कहिले सद्बुद्धि पलाउला भन्दै प्रश्न गरेकी छन्।

बाजुराको जगनाथ गाउँपालिका-६ काप्रेका स्थानीय साउने सार्की नामक व्यक्ति मृत्यु भएपछि दाहसंस्कार लागि मलामीले गाईलाई नदीमा हेलेका थिए। उक्त गाउँमा कसैको मृत्यु भएपछि नदी कटाएर गौदान गर्ने गरिएको वडाध्यक्ष धनबहादुर सार्कीले जानकारी दिए।

चैत ४, २०८१ सोमबार ११:४३:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।