सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं : साताको दोस्रो दिन सोमबार (आज) सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य घटेको छ।

आइतबारको तुलनामा सोमबार सुनको मूल्य स्थिर रहँदा चाँदीमा तोलाको पाँच रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज सुन तोलाको एक लाख ७४ हजार एक सय रुपैयाँ रहँदा चाँदी तोलाको दुई हजार ४० रुपैयाँ कायम भएको छ।

हिजो चाँदी तोलाको दुई हजार ४५ रुपैयाँ प्रतितोला थियो।

चैत ४, २०८१ सोमबार १०:३८:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।