रास्वपाको केन्द्रीय सचिवालय बैठक पार्टी अधिवेशनबारे छलफल गरेर टुङगियो

रास्वपाको केन्द्रीय सचिवालय बैठक पार्टी अधिवेशनबारे छलफल गरेर टुङगियो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक राष्ट्रिय महाधिवेशनको सम्बन्धित के-के काम भयो भन्ने जानकारी लिएर टुंगियो।

आइतबार बसेको बैठकमा गएका बैठकका निर्णयहरूको कार्यान्वयनको बारेमा जानकारी लिने र दिने काम भएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बताए।

राष्ट्रिय महाधिवेशनको सम्बन्धित काम क्रियाकलाप के के हुँदैछ भन्ने कुराको जानकारी लिनु र दिनुका साथ केन्द्रीय सचिवालयको बैठकले केन्द्रीय समितिको बैठक आह्वान गर्ने निर्णय गरेको झाले बताए।

वर्तमान राष्ट्रिय राजनीतिको बारेमा केन्द्रीय उपसभापति डा. स्वर्णिम वाग्लेले जानकारी गराएको र बैठकमा संसदीय गतिविधि, अहिले भइराखेको अधिवेशनबारे दलका उपनेता विराजभक्त श्रेष्ठ र प्रमुख सचेतक सन्तोष परियारबाट जानकारी गराउने काम भएको उनले जानकारी दिए।

चैत ३, २०८१ आइतबार २०:२१:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।