विद्युतीय व्यापारसहित चार विधेयक राष्ट्रपतिले गरे प्रमाणित

काठमाडौं : सङ्घीय संसद्को दुवै सदनका बैठकबाट पारित भएका चार विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन्।
नेपालको संविधानको धारा ११३ को उपधारा (२)बमोजिम राष्ट्रपति पौडेलले ‘सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, विद्युतीय व्यापार (ई–कमर्स)को सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक’ आइतबार प्रमाणीकरण गरेका हुन्।
यी दुवै विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएर प्रमाणीकरणका लाग राष्ट्रपति कार्यालयमा पठाएका थिए।
चैत ३, २०८१ आइतबार १७:३०:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।