नेप्सेमा दोहोरो अङ्कको गिरावट, व्यापार समूह बाहेक सबै समूह घटे

काठमाडौँ : साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आइतबार नेप्से परिसूचक २१.६३ अङ्कले घटेर २,७१४.८५ को विन्दुमा झरेको हो।
आइतबार ३१६ कम्पनीका १ करोड ३९ लाख ७४ हजार ४५२ कित्ता शेयर ७९,०३१ पटक खरिद बिक्री हुँदा ६ अर्ब ८३ करोड ६६ लाख ४० हजार ४०७ बराबरको कारोबार भएको छ।
आइतबार व्यापार समूहमा ४.९२% ले बढ्यो। आइतबार नेप्से परिसूचक बढ्ने यो एक मात्र समूह हो। विकास बैंक समूहमा सबैभन्दा धेरै २.२५% प्रतिशतले घट्यो। बैंकिङ, ०.८०%, वित्त १.३९%, होटेल तथा पर्यटन: ०.५३%, जलविद्युत् १.२९% ले घटेको छ।
यसैगरि लगानी १.७२%, जीवन बीमा १.०६%, उत्पादन तथा प्रशोधन: ०.०१%, लघुवित्त: ०.८८%, म्युचुअल फन्ड: ०.०४%, निर्जीवन बीमा: ०.७२% र अन्य समूह: १.५२% ले घटेको छ।
सबैभन्दा बढी सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको भयो। सबैभन्दा धेरै ग्रीन डेभलपमेन्ट बैङ्कको घट्यो।
रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड (रु. ५८ करोड ६६ लाख ८ हजार ३४८) अग्रस्थानमा रह्यो। सङ्ख्याका आधारमा घलेम्दी हाइड्रो लिमिटेड (११ लाख ९३ हजार ९३७ कित्ता) अग्रस्थानमा रह्यो।
चैत ३, २०८१ आइतबार १७:२३:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।