चोकको नामको विवादमा धनुषामा झडप, प्रहरीले हान्यो लाठी र अश्रुग्याँस

चोकको नामको विवादमा धनुषामा झडप, प्रहरीले हान्यो लाठी र अश्रुग्याँस

जनकपुर : चोकको नामकरणको विषयमा धनुषाको सबैला नगरपालिकामा दुई पक्षबिच झडप हुँदा प्रहरीले हस्तक्षेप गरेको छ। चोकको नाम यादव चोक राख्ने कि नराख्ने भन्ने विषयमा विवाद हुँदा नगरपालिकामा दुई पक्षबिच झडप भएको हो।

प्रहरीले झडप नियन्त्रणमा लिन आश्रुग्यास प्रहार गरेको छ। धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले स्थिति नियन्त्रणमा लिन आश्रुग्यास प्रहार गरेको बताए।

‘एक पक्षले यादव चोक हुनुपर्छ भन्छन्, अर्को पक्षले यादव चोक स्वीकार नगर्ने भन्छन्। चोकको विषयमा दुई पक्षबीच झडप भयो’उनले भने।

केलुवामोरका स्थानीयले भठिहनमा ‘यादव चोक’ नामकरण गरेको थियो। ‘यादव चोक’ को बोर्ड समेत सडकमा राखेपछि विवाद सुरु भयो।

भठिहनका बासिन्दाले ‘यादव चोक’को नाममा आपत्ति जनाउँदै बोर्ड उखालेर प्रहरीको जिम्मा लगाए। अनि आइतबार बिहानदेखि स्थानीयहरूले सवैला प्रहरी चौकी घेरेर नाराबाजी सुरु गरे।

चैत ३, २०८१ आइतबार १७:०१:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।