मुगुमा १९ प्रजातिको जडीबुटी र काठबाट ९३ लाख रुपैयाँ राजश्व

मुगुमा १९ प्रजातिको जडीबुटी र काठबाट ९३ लाख रुपैयाँ राजश्व

मुगु : मुगुमा आर्थिक वर्ष २०८१-८२ को नौ महिनामा जडीबुटी तथा काठबाट९३ लाख भन्दा बढी राजश्व सङ्कलन भएको छ। डिभिजन बन कार्यालय मुगुले असारदेखि फागुनसम्म जिल्लाबाट बाहिर निकासी हुने १९ प्रजातिको जडीबुटीबाट सङ्कलन गरेको हो।

१२ महिनामा जडीबुटी र काठबाट १ करोड १८ लाख ७२ हजार रुपैंया राजश्व सङ्कलन भएको जिल्ला डिभिजन कार्यालय मुगुका निमित्त डिभिजन वन अधिकृत जीतेन्द्र महतले जानकारी दिए।

अधिकृत महतका अनुसार सरकारको प्राथमिकतामा परेका ३३ प्रजाति जडीबुटीमध्ये कर्णालीमा २७ प्रजातिका भन्दा बढी जडीबुटी पाइन्छन् भने मुगुबाट मात्र प्रत्येक  वर्ष २४ देखि ३० प्रकारका जडीबुटीहरूको कारोबार हुने गरेको देखिन्छ।

कार्यालयको वार्षिक योजना अनुसार कुन जडीबुटी कति निकासी दिने भन्ने योजना अनुसार जडीबुटी सङ्कलनको लागि अनुमति दिने गरेको र जटिबुटी बनजंगल, वन्यजन्तु संरक्षण गर्नको लागि जिल्लामा रहेका सरोकारवालाहरुसंग सहकार्य गरेर अघि बढी रहेको उनले बताए।

कर्णाली प्रदेशका १० वटै जिल्लामा पाँच हजारभन्दा बढी प्रजातिका जडीबुटी पाइन्छ। जडीबुटीको भण्डार मानिने प्रदेश भए पनि मुगुलगायत हुम्ला ,कालिकोट,जुम्ला, डोल्पा,जाजरकोट, रुकुमलगायतका बन पाखामा पाइने बहुमूल्य यार्सागुम्बा, टिमुर, सतुवा, पाखनभेद, पदमचाल, सिताल्चिनी, डाले चुक, चिराइतो, कयर, कुरिलो, कटुको, बायजडी, बोजो,घुच्चीच्याउ,सुगन्धवाल,सेतकचीनी धुपी,वन लसुन,राताच्याउ,कालादान, जिम्बु, अतिस,जटामसी, बिषजरालगायतका जडीबुटीहरू लोप हुँदै गएका छन्।

चैत ३, २०८१ आइतबार १६:१२:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।