प्रधानमन्त्री कपमा बागमतीलाई ४८ रनले हराउँदै लुम्बिनी तेस्रो स्थानमा उक्लियो

प्रधानमन्त्री कपमा बागमतीलाई ४८ रनले हराउँदै लुम्बिनी तेस्रो स्थानमा उक्लियो

काठमाडौं : प्रधानमन्त्री कप क्रिकेटमा लमहीमा भएको खेलमा बागमतीलाई लुम्बिनी प्रदेशले ४८ रनले पराजित गरेको छ।

११६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा सबै विकेट गुमाएर ६७ रनमा समेटियो।

उसका लागि कप्तान पृथु बास्कोटाले सर्वाधिक १५ रन जोड्दा आशुतोष गिराहिया र सुमन सुनारले समान ११-११ रन बनायो।

लुम्बिनीका अजय चौहान र बिप्रासन केसीले समान तीन-तीन विकेट लिँदा रमेश कुर्मी र निर्मल गुरुङले समान दुई-दुई विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजको लुम्बिनीले ३२.४ ओभरमा अलआउट हुँदै ११५ रन जोडे।

लुम्बिनीका लागि आकाश त्रिपाठीले सर्वाधिक ३३ रन बनाउँदा मनिष थापा र कप्तान देव खनालले समान १५-१५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बागमतीका गौतम केसीले चार विकेट लिँदा इशान पान्डे र सूर्य तामाङले समान दुई-दुई विकेट लिए।

जितसँगै लुम्बिनी चार खेलमा तीनमा जित निकालेर तेस्रो स्थानमा उक्लिएको छ। पराजित बागमती समान खेलमा एकमा मात्र जित निकालेर नवौं स्थानमा छ।

चैत ३, २०८१ आइतबार १४:१८:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।