प्रचण्डको फोटो जलाउने राप्रपा निकट युवा पक्राउ

हेटौंडा : माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को फोटो जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता निराजन बम पक्राउ परेका छन्।
चितवनको भरतपुर विमानस्थलबाट काठमाडौं आउने तयारी गरेका बेला उनलाई प्रहरीले पक्राउ गरेको हो।
बमले शनिबार हेटौंडामा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको जिल्ला अधिवेशनमा सम्बोधनको क्रममा प्रचण्डको तस्बिर जलाएका थिए।
चैत ३, २०८१ आइतबार १४:०२:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।