पाकिस्तानमा मारिए भारतको मोस्ट वान्टेडको सूचीमा रहेका अबु कताल

पाकिस्तानमा मारिए भारतको मोस्ट वान्टेडको सूचीमा रहेका अबु कताल

एजेन्सी : भारतको मोस्ट वान्टेडको सूचीमा रहेका पाकिस्तानी इस्लामवादी सलाफी जिहादी संगठन लश्कर-ए-तैयबा(एलईटी)का सदस्य अबु कतालको मारिएका छन्।

शनिबार राति पाकिस्तानको पञ्जाब जिल्लामा अज्ञात आक्रमणकारीहरूले उनको हत्या गरेका हुन्।

अबु कताल २६/११ को मुम्बई आक्रमणका मास्टरमाइन्ड हाफिज सईदको नजिक थिए। कताल लश्कर-ए-तैयबाको एक प्रमुख सदस्य रहेको र उनले जम्मू-कश्मीरमा धेरै आक्रमणहरूको योजना बनाएको भारतीय सञ्चारमाध्यमको दाबी छ।

जुन ९ मा जम्मू कश्मीरको रियासी जिल्लाको शिवखोडी मन्दिरबाट फर्किरहेका तीर्थयात्रीहरू बोकेको बसमा भएको आक्रमणमा पनि कताल संलग्न थिए। यसमा १० जनाले ज्यान गुमाए।

भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले २०२३ को राजौरी आक्रमणको आरोपपत्रमा अबु कटाललाई नाम दिएको थियो। जनवरी १, २०२३ मा, राजौरी जिल्लाको धांगरी गाउँमा भएको आक्रमणमा सर्वसाधारणलाई लक्षित गरिएको थियो।

भोलिपल्ट भएको एक विस्फोटमा त्यहाँ दुई बालबालिकासहित सात जनाको मृत्यु भएको थियो भने धेरै जना गम्भीर घाइते भएका थिए।

एनआईएले यस मुद्दामा पाँच जना अभियुक्तहरू विरुद्ध आरोपपत्र दायर गरेको थियो, जसमा लश्कर-ए-तैयबाका तीन जना सदस्य समेत समावेश थिए।

चैत ३, २०८१ आइतबार ०८:४९:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।