प्रथम आइजिपी कप क्रिकेटको उपाधि मधेस प्रदेशले जित्यो

प्रथम आइजिपी कप क्रिकेटको उपाधि मधेस प्रदेशले जित्यो

काठमाडौँ : प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेश प्रहरीले पाएको छ। लुम्बिनी प्रदेशलाई हराउँदै मधेस प्रदेशले उपाधि जितेको हो।

नेपाल प्रहरी खेलकुद समितिले मुलपानी क्रिकेट मैदानमा आयोजना गरेको फाइनल खेलमा मधेस प्रदेश प्रहरीले लुम्बिनी प्रदेशलाई १४ रनले पराजित गरेको हो।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले विजयी टिमका खेलाडी तथा अफिसियललाई पदक, प्रमाणपत्र, ट्रफी र नगद पुरस्कार प्रदान गरेका थिए।

गत फागुन २७ गते आयोजना भएको प्रतियोगितामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र सात वटै प्रदेश प्रहरी कार्यालय गरी आठ टोली सहभागी थिए।

चैत २, २०८१ शनिबार २०:५३:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।