दरबार हत्याकाण्डको निष्पक्ष छानबिन हुनुपर्छ’ : प्रचण्ड

दरबार हत्याकाण्डको निष्पक्ष छानबिन हुनुपर्छ’ : प्रचण्ड

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले दरबार हत्याकाण्डको निष्पक्ष छानबिन हुनुपर्छ भन्नेमा आफू अहिले पनि उडिग रहेको बताए।

शनिवार समाजवादी मोर्चाको पत्रकार सम्मेलनमा उनले दरबार हत्याकाण्ड भएका बेला आफूहरू ‘जनयुद्ध’ मा रहेको र त्यसबेला निष्पक्ष छानबिनको कुरा पनि उठाएको बताए।

‘पहिलो संविधानसभापछि म पहिलो पटक प्रधानमन्त्री भएपछि पनि यो विषय उठाएको हुँ,’ उनले भने, ‘मैले जनताले उठाएको आशङ्कालाई अगाडि ल्याएको हुँ।’

उनले कुनै पनि धर्मलाई अपमान गर्न नहुने समेत बताए। संविधानले निर्माण गर्दा धर्म निरपेक्ष बनाइएकाले सनातनदेखिको परम्परागत धर्म संस्कृतिको संरक्षण पनि समावेश गरिएको उनले बताए।

जनताले आफ्नो आस्था अनुसार कुनै पनि धर्म, संस्कृति मान्नेहरूलाई कहिल्यै पनि अपमान नगरेको उनले दाबी गरे। ‘जनताले आफ्नो आस्था अनुसार कुनै पनि धर्म, संस्कृति मानेका छन्।  त्यसमा कहिले पनि अपमान गरेका छैनौँ। प्रस्टसँग राज्यले हस्तक्षेप गर्नु हुन्न’ उनले भने।

कुन धर्म, कुन संस्कृति, कुन परम्परालाई मान्ने भन्ने कुरा नागरिकको अधिकारको विषय भएको भन्दै उनले संविधानले निर्माण गर्दा धर्म निरपेक्षमा पनि सनातनदेखिको परम्परागत धर्म संस्कृतिको संरक्षण गर्दै आएको बताए।

चैत २, २०८१ शनिबार १९:४०:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।