समाजवादी मोर्चाको दाबी : राज्य सञ्चालकको स्वेच्छाचारीले देश अप्ठ्यारोमा पर्‍यो

समाजवादी मोर्चाको दाबी : राज्य सञ्चालकको स्वेच्छाचारीले देश अप्ठ्यारोमा पर्‍यो

काठमाडौं : समाजवादी मोर्चाले राज्य सञ्चालकको स्वेच्छाचारिताका कारण देश अप्ठ्यारो र सङ्कटपूर्ण अवस्थामा पुगेको दाबी गरेको छ।

शनिवार समाजवादी मोर्चाले पत्रकार सम्मेलन गर्दै भ्रष्टाचार, कमिसन र कालोबजारीले अर्थतन्त्र सङ्कटग्रस्त रहेको भन्दै नेपाली जनताको जनजीविका कहाली लाग्दो अवस्थामा रहेको दाबी गर्यो।

मोर्चाले जारी गरेको विज्ञप्तिमा,‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकाशमा देखिएको ठहराव र राज्यसत्ताको बागडोर सम्हालेकाहरूको अलोकतान्त्रिक रवैया र गतिविधिका कारण नेपाली जनताका अधिकारहरू एकपछि अर्को कुण्ठित हुँदै गइरहेको’ उल्लेख छ।

राज्य सञ्चालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र सङ्कटपूर्ण अवस्थाको सामना गरिरहेको विज्ञप्तिमा उल्लेख छ। भ्रष्टाचार, कमिसन र कालोबजारीले अर्थतन्त्र सङ्कटग्रस्त रहेको । नेपाली जनताको जनजीविका कहालीलाग्दो अवस्थामा पुगेको दाबी गरिएको छ।

मोर्चाले सरकार बिचौलिया दलालहरूको स्वार्थ सिद्धिमा केन्द्रित रहेको भन्दै सरकारको कुशासन र अस्तव्यस्तताका कारण नेपाली जनतामा एकपछि अर्को असन्तुष्टि र आक्रोश तीव्र रूपमा बढ्दै गएको उल्लेख गरेको छ।

मोर्चाले चैत १५ मा संयुक्त विरोध आन्दोलन गर्ने समेत सार्वजनिक गरेको छ।

चैत २, २०८१ शनिबार १८:२८:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।