सैलुङको जङ्गलमा लागेको आगो नियन्त्रण बाहिर

रामेछाप : रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–३ टोकरपुरको सैलुङ जङ्गलमा लागेको आगो नियन्त्रण बाहिर गएको छ।
शुक्रवार बिहानदेखि जङ्गलमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन। डढेलो नियन्त्रण बाहिर गएको स्थानीय राजुराम पाठकले जानकारी दिए।
शुक्रवार टोकरपुरको छाङखोला जङ्गल नजिकैबाट लागेको आगो अहिले सैलुङतिर सल्किएको छ। आगोले स्थानीय लालीगुराँस, छहारेछाप पाखा, बुढापानी सामुदायिक वनको जङ्गलमा क्षति पुर्याएको छ।
डढेलो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, स्थानीयलगायत स्थानीय परिचालित भए पनि नियन्त्रणमा आउन सकेको छैन।
शनिवार बिहान डढेलो केही नियन्त्रण भएको भए पनि दिउँसोबाट हावा चल्न लागेपछि आगो पुनः सल्किएको पाठकले बताए।
सैलुङको जङ्गल जैविक हिसाबले निक्कै महत्वको जङ्गल मानिन्छ। विभिन्न जातका गुराँस, सल्लो लगायतका रुख, जडीबुटी र जङ्गली जनावर पाइने सो जङ्गलमा आगलागीले ठुलो क्षति हुने भएको छ।
चैत २, २०८१ शनिबार १६:४२:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।