पुलिसले मधेशलाई दियो २८९ रनको लक्ष्य

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई २८९ रनको लक्ष्य दिएको छ।
दाङको लमहीस्थित घोराही क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पुलिस ४९.५ ओभरमा अलआउट हुँदै २८८ रनमा समेटियो।
उसका लागि कप्तान दिपेन्द्रसिंह ऐरी र आरिफ शेखले क्रमशः ६३ र ५५ रनको अर्धशतकीय पारी खेले।
त्यसबाहेक अर्जुन साउद ४७, दिलिप नाथ ४५, शंकर राना २७ र कुशल भुर्तेलले ११ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
मधेशका लागि रुपेश सिंहले चार, विशाल पटेलले तीन तथा कमल गुप्ताले दुई विकेट लिए। सात खेलाडीले बलिङ गरेकोमा २० रन अतिरिक्त खर्चिए।
मधेशले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
चैत २, २०८१ शनिबार १२:५७:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।