आर्मीविरुद्ध २३० रनमा समेटियो कोशी प्रदेश

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा त्रिभुवन आर्मी क्लबविरुद्ध कोशी प्रदेश २३० रनमा समेटिएको छ।
भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको कोशी प्रदेशले ४९.३ ओभरमा अलआउट हुँदै २३० रन बनाएको हो।
उसका लागि शुभन गहतराजले ५१ रनको अर्शतकीय पारी खेल्दा सोनु अन्सारी ४४, सुजन थपलिया ४२, सन्दीप ढुंगाना २१, फिर्दोष अन्सारी १६ र चिराग शाहले १४ रन जोडे।
आर्मीका सोमपाल कामीले चार विकेट लिँदा साहब आलम र आकाश चन्दले समान दुई–दुई विकेट लिए। सात खेलाडीले बलिङ गरेकोमा २१ रन अतिरिक्त दिएका थिए।
आर्मीले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
चैत २, २०८१ शनिबार १२:३९:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।