मौसम खुलेपछिकाे काठमाडौं (तस्बिरहरू)

तस्बिर : टार्जन लिम्बु/नेपाल न्यूज बैंक
काठमाडौं : केही दिनदेखि काठमाडौंमा वर्षा र बादलको प्रभाव देखिए पनि शुक्रबार भने मौसम खुल्यो।
वर्षाले धुलो पखालेसँगै काठमाडौंको मौसम खुलेको हो। मौसम खुलेसँगै काठमाडौंले नयाँ रूप देखाउन थालेको छ।
मौसम खुलेसँगै शुक्रबार काठमाडौंको आकाश खुला भएको थियो भने हावा पनि स्वच्छ बहेको महसुस हुन्थ्यो।
यसका साथै घाम पनि चर्को लागेकाले त्यसले पनि थप यहाँका घरहरूलाई थप सुन्दर देखिएको थियो। यसका अलावा काठमाडौं वरपरका हिमाल पनि प्रष्ट देखिएका थिए।
चैत २, २०८१ शनिबार १०:०६:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।