प्रधानमन्त्री कपमा आज आर्मी र कोशी तथा मधेश र पुलिस भिड्दै

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज त्रिभुवन आर्मी क्लब र कोशी प्रदेश तथा मधेश प्रदेश र नेपाल पुलिस क्लब भिड्दैछन्।
आर्मी र कोशीबीचको खेल भैरहवाको सिद्धार्थ रंगशाला तथा पुलिस र मधेशबीचको खेल लमहीस्थित देउखुरी क्रिकेट मैदानमा विहान नौ बजेबाट सुरु हुनेछ।
आर्मीले तीन खेलमध्ये तीनै खेल जितेर तालिकाको शीर्ष स्थानमा रहँदा कोशी भने तीनमा तीनै खेलमा पराजित हुँदै तालिकाको पुच्छारमा छ।
उता नेपाल पुलिस क्लबपनि तीनमध्ये तीनै खेल जितेर दोस्रो स्थानमा हुँदा मधेश दुईमध्ये एक खेल जितेर पाँचौं स्थानमा छ।
हिजो भएको दुई खेलमा नेपाल पुलिस क्लबले एपीएफलाई पराजित गर्दा बागमतीले सुदूरपश्चिम प्रदेशलाई हराएको थियो।
चैत २, २०८१ शनिबार ०९:१०:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।