एक जिवित व्यक्ति र चार शव फिर्ता गर्न हमास तयार

फाइल तस्बिर
एजेन्सी : प्यालेस्टाइनी लडाकू समूह हमासले शुक्रबार एक जीवित अमेरिकी-इजरायली बन्धकलाई रिहा गर्न र चार नागरिकको शव फिर्ता गर्न तयार भएको छ।
चारै जना बन्धकहरूको उनको बन्धक भएकै बेला मृत्यु भएको थियो। हमासले बन्धक र चार शव कहिले रिहा गरिनेछ वा बदलामा के चाहन्छ भन्ने कुरा बताएको छैन।
यद्यपि, इजरायली प्रधानमन्त्री कार्यालय (पीएमओ) ले प्रस्तावमाथि शंका व्यक्त गरेको छ।
इजरायल-हमास युद्धविरामको अर्को चरणमा कतारमा भइरहेको वार्तालाई हमासले ट्र्याकबाट बाहिर लैजाने प्रयास गरिरहेको पीएमओको आरोप छ।
चैत २, २०८१ शनिबार ०८:१२:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।