नौ महिनादेखि अन्तरिक्षमा अड्किएका सुनिता र बुचलाई फिर्ता ल्याउन रकेट प्रक्षेपण

एजेन्सी : अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई अन्तरिक्षबाट फिर्ता ल्याउन स्पेसएक्सले नयाँ टोलीसहित अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन(आईएसएस)मा रकेट प्रक्षेपण गरेको छ।
दुवै अन्तरिक्ष यात्री आठ दिनको लागि मात्र अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन गएका थिए, तर अन्तरिक्ष यानमा केही प्राविधिक समस्याका कारण उनीहरू पछिल्लो नौ महिना अन्तरिक्षमा नै बस्नुपरेको थियो।
नयाँ टोली अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा आइपुगेको दुई दिनपछि, अन्तरिक्ष यात्रीहरूले पृथ्वीमा फर्कने यात्रा सुरू गर्नेछन्। नासाका कमर्सियल क्रू प्रोग्राम म्यानेजर स्टिभ स्टिचले यो मिसनबाट आफू धेरै खुसी भएको बताएका छन्।
उनले भने, ‘बुच र सन्नी (सुनीता)ले उत्कृष्ट काम गरेका छन् र हामी उनीहरूलाई फिर्ता पाउन उत्सुक छौं।’
सुनिता विलियम्स र बुच विल्मोरले जुन ५, २०२४ मा परीक्षण अभियानको लागि बोइङको स्टारलाइनर अन्तरिक्ष यानमा उडान भरेका थिए।
उनीहरू आठ दिनपछि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बाट फर्कने भनिएको थियो, तर उनलाई अझै फिर्ता ल्याउन सकिएको छैन।
चैत २, २०८१ शनिबार ०७:०७:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।