जनकपुरबाट लहान जाँदै गरेको यात्रुबाहक बस दुर्घटना, २० जना बढी घाइते

जनकपुर : जनकपुरबाट लहान जाँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ।
शुक्रबार (आज) परिक्रमा यात्री लिएर लहान जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाधाम नगरपालिकाको मालटोल नजिक दुर्घटना हुँदा २० जना बढी यात्रु घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार ६ वटा एम्बुलेन्समा घाइतेलाई उपचारको लागि अस्पतालहरुमा लगिएको छ। यद्यपि घाइतेको एकिन संख्या केहीबेरपछि मात्र भन्न सकिने उनले बताए।
१५ दिने मिथिला मध्यमा परिक्रमा समापन गरेर परिक्रमा यात्रु बस चढेर फर्किरहेका थिए। अधिकांश यात्रु सिरहाका रहेको प्रहरी निरिक्षक यादवले बताए।
चैत १, २०८१ शुक्रबार १३:०१:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।