आईपीएल २०२५ : दिल्ली क्यापिटल्सले कप्तानमा चुनिए अक्षर पटेल

आईपीएल २०२५ : दिल्ली क्यापिटल्सले कप्तानमा चुनिए अक्षर पटेल

एजेन्सी : इन्डियन प्रिमियर लिग(आईपीएल) २०२५ का लागि दिल्ली क्यापिटल्सले आफ्नो कप्तान चुनेको छ।

फ्रेन्चाइजले शुक्रबार अक्षर पटेललाई टिमको कप्तान घोषणा गरेकाे हो। अक्षरसँगै केएल राहुलको नाम पनि कप्तानीको दौडमा समावेश थियो।

दुवै नामलाई विचार गरेर अन्तिममा अक्षर पटेललाई टोलीको नेतृत्वको जिम्मेवारी दिइएको फ्रेन्चाइजीले जनाएको छ।

अक्षर पटेल २०१९ देखि दिल्ली क्यापिटल्सको हिस्सा छन्। उनी दिल्लीका सबैभन्दा अनुभवी खेलाडी हुन्। उनले पछिल्लो ६ सिजनमा टोलीका लागि ८२ खेल खेलेका छन्।

३०को औसतमा २३५ रन बनाउनुका साथै उनले ७.६५ को इकोनोमीमा ११ विकेट पनि लिएका छन्। जबकि अक्षरले टोलीको कप्तानी एकपटक गरेका छन्। ऋषभ पन्त एक खेलमा ढिलो ओभरको लागि प्रतिबन्धित भएपछि उनले उक्त खेलमा कप्तानी गरेका थिए।

आईपीएल मेगा अक्सनअघि दिल्ली क्यापिटल्सले अक्षर पटेललाई १६.५० करोडमा रिटेन गरेको थियो। १५० आईपीएल खेलमा ब्याट्सम्यानको रूपमा उनले १३०.८८ को स्ट्राइक रेट र २१.४७ को औसतमा १६५३ रन बनाएका छन्।

यसबाहेक, बलरको रूपमा, उनले ७.२८ को इकोनोमी र २५.२ को स्ट्राइक रेटमा १२३ विकेट लिएका छन्। यस प्रतियोगितामा अक्षर पटेलको उत्कृष्ट बलिङ फिगर २१ रन दिएर ४ विकेट हो।

चैत १, २०८१ शुक्रबार १२:४९:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।