१५०० सय थान प्रतिबन्धित लागू औषध प्रहरीको नियन्त्रणमा
काठमाडौं : प्रहरीले १५ सय थान प्रतिबन्धित लागू औषध नियन्त्रणमा लिएको छ।
फागुन २८ गते साँझ छ बजे बाराको सिम्रौनगढ नगरपालिका-६ स्थित सतुवाई सीमा क्षेत्रमा गस्ती गर्दै जाँदा भारतको घोडासहन तर्फबाट नेपाल आउँदै गरेको व्यक्तीले गस्ती टोलीलाई देख्नेबित्तिकै प्लाष्टिकको बोरा फालेर भागेको प्रहरीले जनाएको छ।
उक्त बोरा खोली हेर्दा ५ वटा सानो काटुनको पोकामा माथिबाट टेप लगाइएको अवस्थामा रहेको उक्त कार्टुनहरूको टेप हटाई हेर्दा डाइजेपाम २मिली, नुफिन २मिली र फेनारगन २मिली पाँच-पांँच सय थान भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।
चैत १, २०८१ शुक्रबार १२:२०:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।