देउखुरीमा ९४ रनमा समेटियो एपीएफ, पुलिसका ललितले लिए छ विकेट

देउखुरीमा ९४ रनमा समेटियो एपीएफ, पुलिसका ललितले लिए छ विकेट

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) ९४ रनमा अलआउट भएको छ।

लमहीको देउखुरी क्रिकेट मैदानमा नेपाल पुलिस क्लबविरुद्ध टस जितेर पहिला ब्याटिङ रोजेको एपीएफले निर्धारित २७.४ ओभरमा सवै विकेट गुमाएर ९४ रन बनाएको हो।

उसका लागि सन्दीप जोराले सबैभन्दा बढी २६ रन बनाउदा लोकस बमले २२ आशिफ शेख र अमरसिंह रौटेलाले समान १०–१० रन जोडे।

पुलिसका ललित राजवंशीले ६ विकेट लिँदा सागर ढकाल, करण केसी, गुल्सन झा र कुशल भुर्तेलले समान एक–एक विकेट लिए।

पुलिसले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

चैत १, २०८१ शुक्रबार ११:३४:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।