डा. बाराकोटीले बुझे महानिर्देशक नियुक्तिको पत्र, विभाग पुगेर सम्हाले पद

डा. बाराकोटीले बुझे महानिर्देशक नियुक्तिको पत्र, विभाग पुगेर सम्हाले पद

काठमाडौं : एक हप्ताअघिसम्म स्वास्थ्य सचिवको प्रतिस्पर्धामा रहेका डा. टङ्कप्रसाद बाराकोटी स्वास्थ्य सेवा विभागको महानिर्देशकमा नियुक्त भएको पत्र बुझेका छन्।

शुक्रबार विहान आफूले महानिर्देशक नियुक्तिको पत्र पाएको वाराकोटीले उकेरासँगको कुराकानीमा बताए। ‘मैले आज विहान महानिर्देशक नियुक्तिको चिठी बुझेँ,’ उनले उकेरासँग भने।

विहान चिठी बुझेका उनले केही बेरअघि मात्रै स्वास्थ्य सेवा विभाग पुगेर पदबहाली गरेका छन्। पदबहालीको क्रममा उनले स्वास्थ्य कानूनअुनसार रहेर आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।

यसअघि डा. बाराकोटीले नियुक्तिको पत्र नपाउँदै विभिन्न अलनाइनले नियुक्तिको समाचार लेखेका थिए भने स्वास्थ्य सेवा विभागको वेबसाइटमा समेत उनको तस्बिर महानिर्देशकको रूपमा राखिएको थियो।

विभागले नै उनको तस्बिर महानिर्देशकको रूपमा राखेपछि बुधबार साढे पाँच बजे उकेराकर्मीले बाराकोटीसँग सम्पर्क गर्दा उनले भनेका थिए, ‘पत्र पाएको छैन।’

एक साता अघिसम्म डा. बाराकोटीसहित डा. संगिता कौशल मिश्रा र डा. विकास देवकोटा स्वास्थ्य सचिवको प्रतिस्पर्धामा थिए। यी तीनै जना १२औं तहका अतिरिक्त सचिवमध्ये डा. देवकोटालाई गत हप्ता बुधबारको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सचिवमा नियुक्त गरेको थियो।

सचिवमा नियुक्त हुनु अगाडि डा. देवकोटा विभागको महानिर्देशक थिए। उनी सचिव भएपछि महानिर्देशक पद रिक्त भयो। एक सातादेखि सो पद रिक्तै छ। १२औं तहको दरबन्दी भएको विभागमा डा. मिश्रा र डा. बाराकोटीमध्ये एकले जिम्मेवारी पाउने हुन्।

डा. देवकोटाअघि डा. मिश्रा विभागको महानिर्देशक थिइन्। उनलाई मन्त्री पौडेलले नै हटाएर डा. देवकोटालाई विभागको निर्देशक बनाएका थिए।

चैत १, २०८१ शुक्रबार १०:४१:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।