नेटो महासचिवलाई सँगै राखेर ग्रिनल्यान्ड कब्जा गर्नेबारे फेरि बोले ट्रम्प

नेटो महासचिवलाई सँगै राखेर ग्रिनल्यान्ड कब्जा गर्नेबारे फेरि बोले ट्रम्प

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुन: एकपटक ग्रिनल्याण्डलाई कब्जा गर्ने बताएका छन्।

ह्वाइट हाउसमा सञ्चारकर्मीले यसबारेमा सोधको प्रश्नको जवाफमा उनले भने, ‘मलाई लाग्छ यो हुनेछ। मैले यो विषयमा धेरै सोचेको छैन। तर म जुन व्यक्तिसँग बसिरहेको छु, उहाँले यस विषयमा धेरै प्रभावकारी भूमिका खेल्न सक्नुहुन्छ।’

राष्ट्रपति ट्रम्प नेटो महासचिव मार्क रुटसँगै बसेका थिए।

ट्रम्पले भने, ‘मार्क, तपाईंलाई थाहा छ हामीले अन्तर्राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै यो (ग्रिनल्यान्डलाई कब्जा) गर्न आवश्यक छ। हाम्रा धेरै सहयोगीहरू तट वरिपरि घुमिरहेका छन्। हामी होसियार हुनुपर्छ। हामी यसबारे तपाईंसँग कुरा गर्नेछौँ।’

वास्तवमा, ग्रिनल्याण्ड उत्तरी अमेरिकाबाट युरोप जाने सबैभन्दा छोटो बाटोमा रहेको विश्वको सबैभन्दा ठूलो टापु हो।

यो अमेरिकाको सबैभन्दा ठूलो अन्तरिक्ष सुविधाको केन्द्र पनि हो। अमेरिकाले लामो समयदेखि ग्रिनल्याण्डलाई रणनीतिक रूपमा महत्त्वपूर्ण मान्दै आएको छ।

यसका साथै, ब्याट्री र उच्च-प्रविधि उपकरणहरू बनाउन प्रयोग गरिने विश्वका धेरै दुर्लभ खनिजहरूको ठूलो भण्डार पनि यहाँ छ।

चैत १, २०८१ शुक्रबार ०९:२५:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।