युद्धविरामका लागि पुटिन तयार, तर राखे यस्ता शर्त

युद्धविरामका लागि पुटिन तयार, तर राखे यस्ता शर्त

एजेन्सी : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविरामको लागि आफू तयार रहेको बताएका छन्।

तर युद्धविरामका लागि हुने सन्धीबारेमा उनले आशंका गरेका छन्। उनले भनेका छन्, ‘यो सन्धी कस्तो हुनेछ भन्ने केही प्रश्न अझै अनुत्तरित छन्।’

यसका लागि पुटिनले केही कडा शर्तहरू राखेका छन्।

विवादको एउटा क्षेत्र कुर्स्क भएको भन्दै उनले त्यहाँ युक्रेनी सेनाले गत वर्ष घुसपैठ गरे पनि अहिले उक्त क्षेत्र पूर्ण रूपमा नियन्त्रणमा लिएको दाबी गरे।

‘कुर्स्कमा युक्रेनसँग दुई विकल्प छन्,’ पुटिनले भने, ‘या त आत्मसमर्पण गर मर।’

यसअघि युक्रेनले अमेरिकासँगको वार्ताका क्रममा ३० दिने युद्धविराम योजनामा ​​सहमति जनाएको थियो।

राष्ट्रपति पुटिनले युक्रेनको प्रतिक्रियाको सन्दर्भमा युद्धविराम सम्झौतासँग सम्बन्धित कुराहरू भनेका छन्।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले राष्ट्रपति पुटिनको योजनालाई ‘षड्यन्त्रपूर्ण’ भने। युक्रेनी राष्ट्रपतिले रुसमाथि थप प्रतिबन्ध लगाउन आह्वान गरे।

यसैबीच, अमेरिकाले तेल, ग्यास र बैंकिङ क्षेत्रका सम्बन्धमा रुसमाथि थप प्रतिबन्ध लगाएको छ।

बिहीबार मस्कोमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति पुटिनले युद्धविराम घोषणाको बारेमा भने- ‘यो विचार सही छ। हामी यसलाई समर्थन गर्छौं। तर केही प्रश्नहरू छन् जुन हामीले छलफल गर्न आवश्यक छ।’

‘यो युद्धविरामले शान्ति स्थापना गर्नुपर्छ र यस संकटको मूल कारणहरूलाई सम्बोधन गर्नुपर्छ,’ उनले थपे, ‘हामीले हाम्रा अमेरिकी सहयोगीहरूसँग कुरा गर्नुपर्छ। सायद म डोनाल्ड ट्रम्पसँग कुरा गर्नेछु।’

पुटिनले ३० दिनको युद्धविराम युक्रेनको लागि राम्रो हुने समेत बताए।

चैत १, २०८१ शुक्रबार ०८:११:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।