पीएम कपमा आज दुई विभागीय टोली भिड्दै

पीएम कपमा आज दुई विभागीय टोली भिड्दै

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुदै छन्।

नेपाल पुलिस क्लब र एपीएफ क्लबबीचको खेल देउखुरी क्रिकेट मैदानमा विहान नौ बजे हुँदैछ। जारी प्रतियोगितामा पुलिस र एपीएफ दुवै खेलमा अपराजित छन्।

त्यस्तै आजको अर्को खेल बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच तिलोत्तमाको  एक्स्ट्राटेक ओभलमा बिहान ९ बजेदेखि नै शुरु हुने छ।

जारी प्रतियोगितामा बागमती प्रदेशले आफ्ना दुवै खेलमा हार बेहोरेको छ भने सुदूरपश्चिम प्रदेश ३ खेलमा एक जित र २ हार बेहोरेको छ।

हिजो भएको खेलमा एपीएफले मधेशलाई दुई विकेटले पराजित गर्दा त्रिभुवन आर्मी क्लबले कर्णालीलाई १२७ रन र लुम्बिनीले गण्डकीलाई १४ रनले पराजित गरेको थियो

चैत १, २०८१ शुक्रबार ०७:५५:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।