फागुमा २४ व्यक्ति प्रहरी नियन्त्रणमा, एक सय ४३ सवारी चालक कार्वाहीमा

फागुमा २४ व्यक्ति प्रहरी नियन्त्रणमा, एक सय ४३ सवारी चालक कार्वाहीमा

काठमाडौं : फागु खेल्नेक्रममा प्रहरीले २४ जनालाई नियन्त्रणमा लिएको छ भने सवारी नियम उलङ्घन गरेको आरोपमा एक सय ४३ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँमा अनुसार काठमाडौँको विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। फागुमा होहल्ला गर्ने, जवर्जस्ती रङ्ग दल्ने लगायतका गतिविधि नियन्त्रणका लागि बिहीबार बिहानैबाटै काठमाडौँमा प्रहरी परिचालन बढाइएको थियो।

मादक पदार्थ सेवन गरी सवारी चलाउने, हेलमेट नलगाउने लगायतका सवारी नियम विपरीतका गतिविधि रोक्न सडकको चोकहरूमा ट्राफिक प्रहरी परिचालन गरिएको थियो।

फागुन २९, २०८१ बिहीबार १८:२५:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।