आठ दिनका लागि गएर आठ महिनादेखि अन्तरिक्षमा अड्किएका सुनिता र ब्याचरीलाई फिर्ता ल्याउने मिसन स्थगित

आठ दिनका लागि गएर आठ महिनादेखि अन्तरिक्षमा अड्किएका सुनिता र ब्याचरीलाई फिर्ता ल्याउने मिसन स्थगित

एजेन्सी : आठ दिनका लागि गएर आठ महिनाभन्दा लामो समय अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा रोकिएका अन्तरिक्ष यात्री सुनिता विलियम्स र ब्यारी बुच विल्मोरलाई फिर्ता स्थगित भएको छ।

उनीहरूलाई फिर्ता ल्याउनका लागि नासा र स्पेसएक्सले संयुक्त रूपमा मिसन सञ्चालन गरिरहेका छन्।

यी अन्तरिक्ष यात्रीहरूको फिर्ताको लागि फाल्कन-९ अमेरिकाको फ्लोरिडाबाट प्रक्षेपण गरिने भनिएकोमा हाइड्रोलिक समस्या देखिएपछि बुधबार यसको परीक्षण स्थगित गर्नुपरेको थियो।

स्पेसएक्सले आफ्नो मेसिनको समस्या कहिले समाधान हुन्छ भनेर अहिलेसम्म बताएको छैन। यो अन्तरिक्ष यानले चार नयाँ अन्तरिक्ष यात्रीहरूसँग अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा जानुपर्छ र त्यहाँबाट सुनिता विलियम्स र ब्यारी बुच विल्मोरलाई फिर्ता ल्याउनेछ।

जुन ५, २०२४ मा यस परीक्षण अभियानको लागि दुवै यात्रु स्टारलाइनर अन्तरिक्ष यानमा उडेका थिए। उनीहरू आठ दिनपछि फर्कनुपर्नेमास्टा रलाइनर अन्तरिक्ष यानमा समस्या आएपछि उतै बसेका थिए।

६१ वर्षीया विल्मोर र ५८ वर्षीया सुनितालाई बोइङ स्टारलाइनर अन्तरिक्षयानद्वारा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा लगिएको थियो। यो मानिसहरू सवार भएको आफ्नो किसिमको पहिलो उडान थियो।

अन्तरिक्ष यात्री सुनिता विलियम्स र ब्यारी बुच विल्मोर मार्च १९ र २० मा फर्कने अपेक्षा गरिएको थियो। तर अहिले अन्तरिक्ष यानमा समस्या आएसँगै यो मिति सर्न सक्ने देखिएको छ।

फागुन २९, २०८१ बिहीबार १०:३१:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।