बलुचिस्तान रेल हाइज्याकपछि सेनाको अपरेशन सकियो

बलुचिस्तान रेल हाइज्याकपछि सेनाको अपरेशन सकियो
रेल हाइज्याकका पीडित सर्वसाधारण

एजेन्सी : पाकिस्तानी सेनाले बलुचिस्तान प्रान्तमा भएको रेल हाइज्याकपछि कारबाही समाप्त भएको र यस कारबाहीमा सबै अतिवादीहरू मारिएको दाबी गरेको छ।

बीबीसी उर्दूका अनुसार आइएसपीआरका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफले एक निजी टिभी च्यानलसँग कुरा गर्दै यो दाबी गरेका हुन्। प्रवक्ताले यस अपरेशनको क्रममा कुनै पनि यात्रुको मृत्यु नभएको बताएका छन्।

यद्यपि, अपरेशन सुरु हुनुभन्दा पहिले नै अतिवादीहरूले २१ जनाको हत्या गरेको सुरक्षा बल जनाएको छ।

बीबीसी उर्दूका अनुसार पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अत्ता तरारले रेलमा जम्मा ४४० यात्रु रहेको र तीमध्ये धेरैलाई बन्धक बनाइएको बताएका छन्। उद्धार कार्य ३६ घण्टासम्म चल्यो।

पाकिस्तानी सेनाले सावधानी र कुशलताका साथ कारबाही गरेकाले कारबाहीको क्रममा कुनै पनि बन्धकलाई क्षति नपुगेको बताएका छन्।

फागुन २९, २०८१ बिहीबार ०८:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।