प्रधानमनत्री कप : पुलिसले कोशीलाई दियो २८९ रनको लक्ष्य, आर्मीसामू सुदूरपश्चिम निरीह

प्रधानमनत्री कप : पुलिसले कोशीलाई दियो २८९ रनको लक्ष्य, आर्मीसामू सुदूरपश्चिम निरीह

काठमाडौं : प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत आजको खेलमा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई २८९ रनको विशाल लक्ष्य दिएको छ।

तिलोत्तमाको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पुलिसले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २८८ रन बनाएको हो।

उसका लागि कुशल भुर्तेल र दिलिप नाथले क्रमशः ६५ र ६१ रनको अर्धशकीय पारी खेल्दा रसिद खान ३८, अर्जुन साउल ३८, कप्तान दिपेन्द्रसिंह ऐरी ३२ र गुल्सन झाले २१ रन बनाए।

आरिफ शेख ९ रनमा आउट हुँदा अमृत श्रेष्ठ एक रन मात्र जोड्न सके। कोशीका लागि भुपाल लुइँटेलले तीन तथा प्रकाश कार्कीले दुई विकेट लिए।

त्यसैगरी सिद्धार्थ क्रिकेट स्टेडियममा भइरहेको अर्को खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिम प्रदेश त्रिभुवन आर्मी क्लबविरुद्ध निरीह बन्यो। सुदूरपश्चिमको टोली ४५.३ ओभरमा ११७ रनमा अलआउट भयो।

सुदूरपश्चिमका लागि निश्चल क्षेत्रीले नटआउट ४९ रनको पारी खेल्दा सुनिल चन्द र कप्तान नारायण जोशीले समान १६–१६ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

आर्मीका साहब आलमले चार विकेट लिँदा सोमपाल कामीले दुई विकेट हात पारे।
अहिले कोशी प्रदेश र त्रिभुवन आर्मी क्लब जवाफी ब्याटिङ गरिरहेको छ।

फागुन २८, २०८१ बुधबार १३:४०:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।