कांग्रेस नेताले चिहानको जग्गा समेत हडपेको आरोपपछि संसदमा हंगामा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनाल र सुमना श्रेष्ठले काठमाडौंको तारकेश्वर-९ स्थिति लोकतान्त्रिक चोकमा रहेको नेवार समुदायको चिहानको जग्गा नेपाली कांग्रेसका नेताले हडपेको आरोपपछि कांग्रेस सांसदले हंगामा मच्चाएका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खनाल र श्रेष्ठले यस्तो आरोप लगाएपछि कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका थिए।
कांग्रेस सांसदहरू उठेर बैठक अवरोध पुर्याउन खोजे। यो क्रम तीन मिनेटभन्दा लामो समयसम्म चल्यो। सभामुख देवराज घिमिरेले तथ्यमा टेकेर मात्र अभिव्यक्ति दिनसमेत संसदको ध्यानाकर्षण गराएपछि उनीहरू बसे।
सांसद् खनाल र श्रेष्ठले कांग्रेस नेताले तारकेश्वर-९ स्थिति लोकतान्त्रिक चोकमा रहेको स्थानीय नेवार समुदायको चिहानको जग्गा कब्जामा लिई भोगचलन गरेको भन्दै उजुरी पर्दासमेत जग्गा संरक्षणमा कुनै पहल नगरेको आरोप लगााएका थिए।
उनले भनेका थिए, ‘काठमाडौं क्षेत्र नं. ६ मा पर्ने तारकेश्वर-९ को लोकतान्त्रिक चोकमा रहेको नेवार समुदायको चिहान रहेको जग्गा, नेपाल सरकारको नाममा रहेको जग्गा कित्ता नं. ६२/६३ नेपाली कांग्रसका नेताले कब्जामा लिइ भोगचलन गर्दै आइरहेको र स्थानीयवासीको गुनासो र उजुरीको बावजुद स्थानीय निकायले उक्त जग्गा संरक्षणमा ल्याउन कुनै पहल नगरेको आम गुनासो छ।’
फागुन २८, २०८१ बुधबार १३:११:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।