सुनको मूल्य छ सय रुपैयाँले बढ्यो, चाँदीको मूल्य दुई हजार

काठमाडौं : साताको चौथो दिन बुधबार (आज) सुनचाँदीको मूल्य बढेको छ।
मंगलबारको तुलनामा बुधबार सुन तोलाको छ सय रुपैयाँ बढ्दा चाँदी तोलामा ३० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज सुनको मूल्य तोलाको एक लाख ७० हजार पाँच सय रुपैयाँ कायम भएको छ। हिजो सुन तोलाको एक लाख ६९ हजार नौ सय रुपैयाँम कारोबार भएको थियो।
चाँदीको मूल्य भने आज तोलाको दुई हजार रुपैयाँ पुगेको छ। हिजो चाँदी तोलाको एक हजार नौ सय ७० रुपैयाँ थियो।
फागुन २८, २०८१ बुधबार ११:०९:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।