हिमालयन एभरेष्ट इन्स्योरेन्सले २१ करोड लाभांश वितरण गर्ने

काठमाडौं : हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले ३१औं वार्षिक साधारण सभामार्फत शेयरधनीलाई २१ करोड ८७ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ।
उक्त साधारणसभाबाट आ.व. ०८०/८१ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, ईक्विटीमा भएको परिवर्तन आदि पारित गर्नुका साथै सोही आ.व. को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ८.७५ का दरले हुन आउने रकम रु.२१,८७,६३,७७३।- बराबरको नगद लाभांश समेत पारित गरेको हो।
यसै साधारणसभाबाट आ.व.०८१/८२ को लागि कम्पनीको बाह्रय लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक समेत लेखापरीक्षण समितिले सिफारिस गरिए बमोजिम अनुमोदन गर्यो।
साधारणसभामा कम्पनीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले कम्पनीको प्रविधि र प्रतिभामा वर्तमानमा गरेको लगानीको माध्यमबाट दीर्घकालिन रुपमा श्रोतहरूको परिचालन गरि दिगो लाभ लिन सकिनेमा विश्वास लिएको बताए।
फागुन २८, २०८१ बुधबार १०:१५:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।