बद्री पंगेनी सजिलो नेटको ब्राण्ड एम्बासडर नियुक्त

बद्री पंगेनी सजिलो नेटको ब्राण्ड एम्बासडर नियुक्त

काठमाडौं : इन्टरनेट सेवा प्रदायक सजिलो नेटले चर्चित लोकगायक बद्री पंगेनीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बासडरको रूपमा चयन गरेको छ।

मंगलबार एक सम्झौता गर्दै उनले सजिलो नेटले देशभरका नेपाली परिवारसँग आफ्नो सम्बन्धलाई अझ प्रगाढ बनाएको बताए।

नेपाली लोकसंगीत क्षेत्रमा ख्याति कमाएका बद्री पंगेनीले आफ्ना मार्मिक तथा सन्देशमूलक गीतहरू मार्फत लाखौँ दर्शक-श्रोताको मन जित्न सफल भएका छन्।

ब्राण्ड एम्बासडर सार्वजनिन कार्यक्रममा सजिलो नेटका प्रमुख कार्यकारी अधिकृत सतीश कार्कीले बद्री पंगेनीको संगीतले जस्तै नेपालीहरूबीचको दूरी घटाउँदै सबैलाई सरल, सुलभ तथा सुपथ इन्टरनेट सेवा मार्फत जोड्ने प्रयास गरिरहेको बताए।

ब्राण्ड एम्बासडर नियुक्त भएसँगै गायक बद्री पंगेनीले सजिलो नेटले सहज र भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउँदै आएकाले ब्राण्डसँग जोडिएको बताए।

सजिलो नेटले आधुनिक इन्टरनेट सेवा विस्तार गर्दै ग्राहकहरूलाई उच्च गुणस्तरीय, सरल, सुलभ तथा सुपथ इन्टरनेट कनेक्टिभिटी प्रदान गर्ने लक्ष्य राखेको छ।

फागुन २८, २०८१ बुधबार ०९:५१:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।