बलुचिस्तानमा रेल अपहरण : सयभन्दा बढी यात्रुको उद्धार, अधिकांश बलुच अतिवादीहरूको कब्जामा

बलुचिस्तानमा रेल अपहरण : सयभन्दा बढी यात्रुको उद्धार, अधिकांश बलुच अतिवादीहरूको कब्जामा

एजेन्सी : पाकिस्तानको बलुचिस्तान प्रान्तमा मंगलबार सशस्त्र अतिवादीहरूले एक यात्रुवाहक रेलमा आक्रमण गरी यात्रुहरूलाई बन्धक बनाएका छन्।

पृथकतावादी समूह बलोच लिबरेशन आर्मी (बीएलए)ले आक्रमणको जिम्मेवारी लिएको छ। यो आक्रमण क्वेटाबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेसमा भएको थियो।

बीबीसी उर्दूका अनुसार पाकिस्तानी सैन्य स्रोतहरूले जाफर एक्सप्रेस आक्रमणपछि अहिलेसम्म १०४ यात्रुलाई उद्धार गरिएको बताएका छन्। यस कारबाहीमा १६ अतिवादी मारिएको उनीहरूको दाबी छ।

यसैबीच, जाफर एक्सप्रेसका ८० यात्रुहरू मच्छ रेलवे स्टेशन पुगेका छन्, जहाँ उनीहरूलाई प्राथमिक उपचार गरिएको छ। रेलवे अधिकारीहरूका अनुसार यस रेलमा ९ वटा कोच थिए र ४०० भन्दा बढी यात्रुहरू यात्रा गरिरहेका थिए।

पाकिस्तानका गृह राज्यमन्त्री तलाल चौधरीले जाफर एक्सप्रेसका धेरै यात्रुहरूलाई अतिवादीहरूले रेलबाट ओरालेर पहाडी क्षेत्रमा लगेको बताएका छन्।

फागुन २८, २०८१ बुधबार ०९:०२:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।