वुमन्स डे कपमा नामिबियासँग भिड्दै नेपाल

काठमाडौं : युगान्डामा जारी वुमन्स डे कपमा आज नेपालले नामिबियासँग भिड्दैछ। एनटेब्बे ओभलमा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने एक बजे सुरू हुनेछ।
नेपालका लागि शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना कायमै राख्न आज जित आवश्यक छ।
तीन खेलमा दुईमा हार र एकमा जित हात पारेको नेपाल दुई अंकसहित तालिकाको तेस्रो स्थानमा छ। चौथो स्थानमा रहेको नामिबियाको पनि दुई अंक नै छ।
यसअघिको पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो भने युगान्डामाथि एक विकेटको रोमान्चक जित हात पारेको थियो। तर, हङकङविरुद्धको खेलमा दुई रनको झिनो अन्तरले हार बेहोर्यो।
युगान्डा चार अंकसहित तालिकाको शीर्ष स्थानमा छ। दोस्रो स्थानको हङकङको पनि चार अंक नै छ।
फागुन २८, २०८१ बुधबार ०७:५६:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।