१५ वर्षिया बालिकाको बलात्कारको आरोपमा २३ वर्षिया युवक पक्राउ

१५ वर्षिया बालिकाको बलात्कारको आरोपमा २३ वर्षिया युवक पक्राउ
सांकेतिक तस्बिर

ताप्लेजुङ : १५ वर्षीय बालिकाको जबर्जस्ती करणी गरेको आरोपमा ताप्लेजुङमा एक युवक पक्राउ परेका छन्। प्रहरीले २३ वर्षीय युवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ।

पीडित पक्षले दिएको जाहेरीका आधारमा प्रहरीले आरोपित युवकलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार आरोपित युवकले नाबालिकालाई विभिन्न डर त्रास देखाइ गत कात्तिक २९ गते जबर्जस्ती करणी गरेको उजुरीमा दाबी गरिएको छ।

प्रहरीले युवकविरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को व्यवस्थाअनुसार अनुसन्धान अघि बढाएको जानकारी दिएको छ। जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए।

फागुन २७, २०८१ मंगलबार २०:२८:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।