सत्ताको ड्राइभिङ सिटमा विचौलिया छ : अध्यक्ष प्रचण्ड

सत्ताको ड्राइभिङ सिटमा विचौलिया छ : अध्यक्ष प्रचण्ड

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ताको ड्राइभिङ सिटमा विचौलिया भएको आरोप लगाएका छन्।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका विपक्षी दलका नेता यस्तो आरोप लगाएका हुन्।

‘तपाईंका संयन्त्र, समिति र बैठक यी सबै नाटकजस्ता मात्र देखिएका छन्। सत्ताको ड्राइभिङ सिटमै अहिले विचौलिया छ,’ उनले भने, ‘विचौलियाको आँट र शक्तिले अहिले इमान्दार व्यवसायीलाई विचलित बनाएको छ। भोलि तपाईंहरु पनि विचलित हुनुहुनेछ।’

उनले सत्ताको दुई तिहाएको घोडा प्रधानमन्त्री र मन्त्रीले दौडाएको आफूले नदेखेको दाबी समेत गरे।

‘सरकारले गर्ने दुई तिहाइको घोडा कसले दौडाएको छ? दुई तिहाइको घोडा सरकारको प्रधानन्त्रीले चलाएको मैले चाहिँ देखेको छैन। त्यो घोडा विचौलियाहरुले चलाएका छन्। विचौलियाहरुले निर्णय गरेको आधारमा तपाईंले नियुक्ति गर्नुभएको छ।’

अध्यक्ष प्रचण्डले पछिल्ला आठ महिनामा भएका एउटै नीति, एउटै निर्णय र एउटै नियुक्तिको पछाडि विचौलियाको नभएको एउटा उदाहरण दिन समेत उनले चुनौति दिए।

फागुन २७, २०८१ मंगलबार १४:१५:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।